काठमाडौं । चेल्सीका फरवार्ड रोमेलु लुकाकुका एजेन्ट फेडेरिको पास्टोरेलोले आफुलाई धम्की आएको बताएका छन् ।
लुकाकुको चेल्सी सरुवाको काम भईरहदा आफु र आफ्नो परिवारलाई धम्की आएको फेडेरिकोले बताएका छन् ।
फेडेरिकोले कसले धम्की दिएको भन्ने बारे भने खुलाएको छैनन् ।
बेल्जियमका फरवार्ड लुकाकु बिहीबार लण्डन क्लब चेल्सीमा अनुबन्धित भएका थिए ।
चेल्सीले इटालियन क्लब इन्टर मिलानबाट क्लबको कीर्तिमानी ९७.५ मिलियन पाउण्डमा लुकाकुलाई अनुबन्ध गरेको हो ।
लुकाकुले चेल्सीसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
लुकाकु सात वर्षपछि चेल्सी फर्किएका हुन् । लुकाकुले सन् २०१४ मा चेल्सी छाडेका थिए ।
२८ वर्षीय लुकाकु सन् २०१९ मा इन्टर मिलानमा अनुबन्धित भएका थिए ।
लुकाकुले सिरी 'ए' मा गत सिजन २४ गोल गरेका थिए । उनले इन्टरलाई ११ वर्षपछि लिगको उपाधि जिताएका थिए । ९ वर्षको युभेन्ट्सको एकाधिकार तोड्दै इन्टरले गत सिजन सिरी 'ए' को उपाधि जितेको थियो ।
लुकाकुले बेल्जियमको लागि ९८ खेलमा ६४ गोल गरेका छन् ।