काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा मोनाको पराजित भएको छ ।
शुक्रबार राति भएको खेलमा मोनाको लोरिएन्टसँग १-० गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा लोरिएन्टलाई जित दिलाउन टेरिम मोफ्फीले निर्णायक गोल गरे ।
खेलको ३१ औं मिनेटमा टेरिमले पेनाल्टीमा गोल गर्दै लोरिएन्टलाई महत्वपूर्ण तीन अंक दिलाएका हुन् ।
यस जितसँगै लोरिएन्ट लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
लोरिएन्टले २ खेलमा ४ अंक जोडेको छ ।
मोनाकोको यो पहिलो हार हो ।
तालिकाको १६ औं स्थानमा रहेको मोनाकोले २ खेलमा १ अंक जोडेको छ ।