काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियाले विजयी सुरुवात गरेको छ ।
शुक्रबार राति भएको खेलमा गेटाफेलाई १-० ले पराजित गर्दै भ्यालेन्सियाले नयाँ सिजनको सुखद सुरुवात गरेको हो ।
घरेलु मैदानमा भ्यालेन्सियालाई जित दिलाउन कार्लोस सोलेरले निर्णायक गोल गरे ।
उनले खेलको ११ औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए ।

त्यसअघि तेस्रो खेलमा हुगो गुइलामोनले रातो कार्ड पाएपछि भ्यालेन्सिया १० खेलाडीमा समेटिएको थियो ।
यस्तै खेलको ७६ औं मिनेटमा एरिक काबाकोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा गेटाफेपनि १० खेलाडीमा सिमित भएको थियो ।
यस संघर्षपूर्ण जितसँगै भ्यालेन्सियाले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।
गेटाफेले भने हारबाट सिजनको सुरुवात गरेको छ ।
