बराबरीमा रोकियो बायर्न
शनिबार, ३० श्रावण २०७८खेलपाटी संवाददाता

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबल अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा बायर्न म्युनिख बराबरीमा रोकिएको छ ।
साविक विजेता समेत रहेको बायर्न शुक्रबार राति बोरुसिया मोन्चेनग्लाडबाखसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
मोन्चेनग्लाडबाखको मैदानमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई हारबाट जोगाएका हुन् ।
खेलको १० औं मिनेटमा अलसाने प्लिआले गोल गर्दै मोन्चेनग्लाडबाखलाई अग्रता दिलाएका थिए । लार्स स्टिन्डीलको पासमा उनले गोल गरेका हुन् ।
तर,४२ औं मिनेटमा जोसुवा किमिचको पासमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई हारबाट जोगाए ।
यस बराबरीसँगै बायर्नले सिजनको पहिलो खेलमा १ अंक पाएको छ ।
मोन्चेनग्लाडबाखले पनि पहिलो खेलमा १ अंक जोडेको छ ।






-1775795080923.webp&w=3840&q=75)
-1775788668970.webp&w=3840&q=75)





