काठमाडौं । म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएनाले प्रिमियर लिग अन्तर्गत टोटेनहमविरुद्धको खेल गुमाउन सक्ने भएका छन् ।
साविक विजेता सिटीले आइतबार टोटेनहमसँग खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ । खेल टोटेनहमको मैदानमा हुनेछ ।
तर, चोटको कारण ब्रुएनाले सिजनको पहिलो खेल गुमाउने भएका हुन् । उनको एंकल चोट पूर्ण रुपमा ठिक नभईसकेको बताईएको छ ।
'उनको हरेक दिन राम्रो भईरहेको छ । तर, अझै हामीले पर्खिएका छौँ । उनले पूर्ण रुपमा प्रशिक्षण गरेका छैनन् । अर्को दिन के हुनेछ हेर्ने छौँ,' सिटीका प्रशिक्षक पेप ग्वार्डीओलाले भनेका छन् ।
३० वर्षीय ब्रुएनाले गत सिजन उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले ‘पीएफए प्लेयर अफ दि इयर’ अवार्ड जितेका थिए ।