काठमाडौं । प्रिमियर लिग क्लब लेष्टर सिटीले डेनमार्कका डिफेन्डर जानिक भेस्टरगार्डलाई अनुबन्ध गरेको छ ।
लेष्टरले डेनिस डिफेन्डरलाई साउथह्याम्पटनबाट अनुबन्ध गरेको हो ।
भेस्टरगार्डले लेष्टरसँग तीन वर्षको सम्झौता गरेका छन् ।

लेष्टरले अनुबन्धको रकम खुलाएको छैन । तर, उनलाई करिब १५ मिलियनमा लेष्टरले अनुबन्ध गरेको बताईएको छ ।
२९ वर्षीय भेस्टरगार्ड सन् २०१८ मा बोरुसिया मन्छेनग्लाडबाखबाट साउथह्याम्पटन आएका थिए ।
भेस्टरगार्डले गत सिजन साउथह्याम्पटनका लागि ३२ खेल खेलेका थिए ।
डेनमार्कका लागि उनले २८ खेलमा १ गोल गरेका छन् ।
