काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलको उत्कृष्ट खेलाडी अवार्डको मनोनयन सार्वजनिक भएको छ ।
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले शुक्रबार विधागततर्फको मनोनयन सार्वजनिक गरेको हो ।
उत्कृष्ट फरवार्डको मनोनयनतर्फ शीर्ष तीनमा एर्लिङ हालाण्ड, रोबर्टो लेवान्डोस्की र केलियन एमबाप्पे रहेका छन् ।
यस्तै लियोनल मेस्सी, करिम बेन्जिमा, नेयमार, काइ हाभर्ट्ज, रहिम स्टर्लिङ, मेसन माउन्ट र रोमेलु लुकाकु शीर्ष १० मा रहेका छन् ।
उत्कृष्ट मिडफिल्डरतर्फको शीर्ष तीनको मनोनयनमा केभिन डे ब्रुएना, जोर्गिन्हो र एनगोलो कान्टे रहेका छन् ।
मिडफिल्डरतर्फ इल्काए गुन्डोगान, मेसन माउन्ट, फ्रेन्की डी जोङ, लुका मोड्रिच, पेड्री, जर्जिनियो वाइनाल्डम र काइ हाभर्ट्ज शीर्ष १० मा रहेका छन् ।
उत्कृष्ट डिफेन्डरतर्फको शीर्ष तीनको मनोनयनमा सेजार एज्पिलीक्वेटा, रुबेन डियास र एन्टोनियो रुडीगर रहेका छन् ।
डिफेन्डरतर्फ मार्किन्होस, थियागो सिल्भा, केली वाल्कर, जर्जियो चेलीनी, जोन स्टोन्स, डेविड आलाबा र लिओनार्दो बोनुची शीर्ष १० मा छन् ।
उत्कृष्ट गोलकिपरको शीर्ष तीनको मनोनयनमा एडुआर्ड मेन्डी, एण्डरसन र थिबाउट कोर्टुवा रहेका छन् ।
त्यस्तै केलर नाभास, म्यानुएल नोएर, जान ओब्लाक, जियानलुइजी डोनारुम्मा, मार्क टेर स्टेगन, अगुस्टिन मार्चेसिन र एलिसन बेकर शीर्ष १० को मनोनयनमा रहेका छन् ।
यूईएफएले सार्वजनिक गरेको सूचीमा पोर्चुगल तथा युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो भने अटाएका छैनन् ।