काठमाडौं । इंग्लिस क्लब लिभरपुलका डिफेन्डर भर्जिल भान डाइकले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
लिभरपुलले शुक्रबार नेदरल्यान्ड्सका डिफेन्डर भान डाइकले सम्झौता नवीकरण गरेको जनाएको छ ।
नयाँ सम्झौतासँगै भान डाइक २०२५ सम्म लिभरपुलमा रहने छन् ।
३० वर्षीय डिफेन्डर सन् २०१८ मा साउथह्याम्पटनबाट लिभरपुल आएका थिए ।
लिभरपुलका लागि उनले १ सय ३० खेलमा १३ गोल गरेका छन् ।

लिभरपुलबाट उनले प्रिमियर लिग, च्याम्पियन्स लिग, यूईएफए सुपर कप र फिफा क्लब विश्वकप जितिसकेका छन् ।
भान डाइक नेदरल्यान्ड्सका कप्तान समेत हुन् ।
तर, चोटको कारण उनले युरोकप गुमाएका थिए ।
भान डाइकले नेदरल्यान्ड्सका लागि ३८ खेलमा ४ गोल गरिसकेका छन् ।
