काठमाडौं । प्रिमियर लिग क्लब लिड्स युनाईटेडका मुख्य प्रशिक्षक मार्सेलो बिएल्साले सम्झौता नवीकरण गरेका छन्।
अर्जेन्टिनी प्रशिक्षक बिएल्साले लिड्ससँग एक वर्षको नयाँ सम्झौता गरेका हुन् ।
प्रशिक्षक बिएल्साले सम्झौता नवीकरण गरेको पुष्टि गरेका छन् ।
६६ वर्षीय प्रशिक्षक बिएल्सा २०१८ मा लिड्सको मुख्य प्रशिक्षक चयन भएका थिए ।
बिएल्साकै नेतृत्वमा लिड्स २०२० मा प्रिमियर लिगमा बढुवा भएको थियो ।
अनुभवी प्रशिक्षक बिएल्साले अर्जेन्टिना, चिली लगायतका राष्ट्रको मुख्य प्रशिक्षक भएर काम गरिसकेका छन् ।
यस्तै बिएल्साले लाजियो, एथ्लेटिक बिल्बाओ, मार्सेली, लाजियो लगायतका टिम हेरिसकेका छन् ।