शनिबार, मंसिर ७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

ललितपुर प्ले अफमा, विराटनगर बाहिरियो

शनिबार, बैशाख २५, २०७८खेलपाटी संवाददाता
ललितपुर प्ले अफमा, विराटनगर बाहिरियो
Classic Tech Internet Ad

काठमाडौं । ललितपुर सिटी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा प्रवेश गरेको छ ।

शनिबार भएको खेलमा १० खेलाडीमा सिमित विराटनगर सिटी एफसीलाई ४-० गोल अन्तरले पराजित गर्दै ललितपुरले प्ले अफमा स्थान सुरक्षित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुरलाई जित दिलाउन कप्तान अन्जन बिष्टले दुई गोल गरे । विमल राना र नुर्लान जाहिदको नाममा एक एक गोल रह्यो ।

निकै तनाव ग्रस्त बनेको खेलमा दुबै टोलिले सुरुवातबाटै आक्रमक खेल पस्किएको थियो ।

खेलको छैटौं मिनेटमा विराटनगरका सुनिल बलको क्रसमा एडिलाजा सोमिडेको हेडर बाहिरिएको थियो ।

Image

सातौं मिनेटमा ललितपुरका मिक्छेन तामाङको फ्रिकिकमा भिलिम पोसिन्कोभिचले बललाई पोस्टको दिशा दिन सकेनन् ।

खेलको १४ औं मिनेटमा विराटनगरका एडिलाजाले गोलको अवसर गुमाए । ललितपुरका गोलकिपर अर्पण कार्कीले फुत्काएको बलमा एडिलाजाले कठिन कोणबाट प्रहार गरेको बलले पोस्टको दिशा लिन सकेन ।

२७ औं मिनेटमा डिबक्स बाहिरबाट विराटनगरका सन्तोष तामाङको प्रहार ललितपुरका गोलकिपर अर्पण कार्कीले सहजै बचाए ।

खेलको ३५ औं मिनेटमा ललितपुरका एरिक विष्टले मैदानको मध्ये भागबाट प्रहार गरेको फ्रिकिक विराटनगरका गोलकिपर किशोर गिरिले उत्कृष्ट बचाउ गरे ।

तर, खेलको ३६ औं मिनेटमा कप्तान अन्जनले गोल गर्दै ललितपुरलाई १-० को अग्रता दिलाए । विमल रानाको प्रहार गोलकिपर किशोरले क्लियर गरेका थिए । उक्त क्लियर गरेको बललाई अन्जनले ड्रप भली प्रहार गर्दै गोलमा परिणत गरे ।

खेलको ५८ औं मिनेटमा सुनिल बलको कर्नरमा विराटनगरका मनिस डाँगीको हेडर ललितपुरका गोलकिपर अर्पण कार्कीले उत्कृष्ट बचाउ गरे ।

६२ औं मिनेटमा दिवाकर चौधरीको क्रसमा पेड्रो मान्जीको फ्री हेडर आकाशिएको थियो ।

Image

खेलको ६३ औं मिनेटमा सब्सिच्युट खेलाडी विमलले गोल गर्दै ललितपुरको अग्रता दोब्बर गरे । डोना थापाको पासमा कप्तान अन्जनले बल अगाडी बढाउदै बक्स भित्र दिएको पासमा विमलले वान टचमा गोल गरेका थिए ।

तर, ललितपुरले दोस्रो गोल गरेपछि खेल तनाव ग्रस्त बन्यो । रेफ्रीको निर्णयमा असन्तुष्ट प्रकट गर्दै विराटनगरका अफिसियलले निर्देशन दिएपछि खेलाडीहरु मैदानबाट बाहिरिएका थिए । तर, केहि समयपछि खेलाडी मैदान फर्किएका थिए ।

७८ औं मिनेटमा पेड्रो मान्जीको प्रहार ललितपुरका गोलकिपर अर्पण कार्कीले मुश्किलले बचाए ।

खेलको ८१ औं मिनेटमा कप्तान अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई ३-० को अग्रता दिलाए । कमल श्रेष्ठको फ्रिकिकमा अन्जनले हेडिङबाट उत्कृष्ट गोल गरे ।

खेलको ८५ औं मिनेटमा विराटनगर १० खेलाडीमा समेटियो । रन्जित धिमालको स्थानमा मैदान छिरेका विजय धिमाल दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । बक्स बाहिर विमललाई तानेर लडाएपछी रेफ्रीले उनलाई दोहोरो पहेलो कार्ड देखाएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयको छैटौं मिनेटमा नुर्लानले गोल गर्दै ललितपुरलाई ४-० को जित दिलाए । मैदानको मध्ये भागबाट एक्लै अगाडी बढाएको बलमा गोलकिपर किशोर गिरिलाई बिट गर्दै नुर्लानले गोल गरे ।

इन्जुरी समयको सातौं मिनेटमा विमलको पासमा डोना थापाको प्रहार आकाशिएको थियो ।

Image

खेलमा ललितपुरका कप्तान अन्जन प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे ।

इमर्जिङ प्लेयर अफ दि म्याच ललितपुरकै डोना थापा चुनिए । उनले १० हजार प्राप्त गरे ।

जितसँगै ललितपुरले ६ खेलमा ९ अंक जोडेको छ । ललितपुर लिगको तेस्रो स्थानमा समेत उक्लिएको छ ।

विराटनगरले ६ खेलमा ७ अंक जोड्यो । विराटनगर पाँचौं स्थानमा रहेको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एसियन कप छनोटको पहिलो खेलमै नेपाल पराजित

एसियन कप छनोटको पहिलो खेलमै नेपाल पराजित

साम्बाले इन्डोनेसियामा हुने थ्री नेसन्स कप खेल्नेमा आशंका

साम्बाले इन्डोनेसियामा हुने थ्री नेसन्स कप खेल्नेमा आशंका

मैदान फर्किन तयार एलिसन

मैदान फर्किन तयार एलिसन

Bajaj Pulsar Motorcycle Ad
एसियन कप छनोटको पहिलो खेलमै नेपाल पराजित

एसियन कप छनोटको पहिलो खेलमै नेपाल पराजित

साम्बाले इन्डोनेसियामा हुने थ्री नेसन्स कप खेल्नेमा आशंका

साम्बाले इन्डोनेसियामा हुने थ्री नेसन्स कप खेल्नेमा आशंका

पहिलो शतक, कर्णालीको पहिलो जित

पहिलो शतक, कर्णालीको पहिलो जित

रोहित अर्धशतक बनाउन चुके, कर्णालीलाई सामान्य लक्ष्य

रोहित अर्धशतक बनाउन चुके, कर्णालीलाई सामान्य लक्ष्य

नेपाल महिला कबड्डी विश्वकपको सेमिफाइनलमा पुग्न सकेन

नेपाल महिला कबड्डी विश्वकपको सेमिफाइनलमा पुग्न सकेन

लुम्बिनीलाई पुरानो हिसाब चुकाउने अवसर

लुम्बिनीलाई पुरानो हिसाब चुकाउने अवसर

मैदान फर्किन तयार एलिसन

मैदान फर्किन तयार एलिसन

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने