एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर सिटीले चेल्सीसँग प्रतिस्पर्धा गर्दैछ ।
सिटीले घरेलु मैदानमा चेल्सीसँग खेल्नेछ । सिटी र चेल्सीबीचको खेल राति १०:१५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा सिटी जित निकाल्दै उपाधि उचाल्न चाहन्छ ।
सिटीलाई उपाधि जित्न मात्र एक जितको आवश्यकता रहेको छ ।
त्यसैले सिटी चेल्सीलाई हराएर उपाधि आफ्नो बनाउन चाहन्छ ।
सिटीले ३४ खेलमा ८० अंक जोडेको छ । सिटी दोस्रो स्थानको युनाईटेड भन्दा १३ अंकले अघि रहेको छ ।
यता, चेल्सी पनि जित निकाल्दै सिटीको उपाधि योजना विफल बनाउन चाहन्छ ।
तर, बलियो टिम सिटीलाई रोक्न चेल्सीलाई सहज भने हुने छैन ।
चेल्सी ३४ खेलमा ६१ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
सिटीलाई हराएर चेल्सी तेस्रो स्थानमा उक्लन चाहन्छ ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा लिड्सले टोटेनहमसँग खेल्नेछ ।
लिभरपुलले साउथह्याम्पटनसँग खेल्दा सेफिल्डले क्रिस्टल प्यालेससँग खेल्नेछ ।