ललितपुरद्वारा प्रशिक्षक हुमागाई बर्खास्त
आइतबार, बैशाख १९, २०७८खेलपाटी संवाददाता

काठमाडौं । फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को टिम ललितपुर सिटी एफसीले मुख्य प्रशिक्षक प्रदिप हुमागाईलाई बर्खास्त गरेको छ ।
प्रतियोगितामा टिमले खराब प्रदर्शन कायम राखेपछि ललितपुरले मुख्य प्रशिक्षक हुमागाईलाई बर्खास्त गरेको हो ।
ललितपुरले हुमागाईलाई बर्खास्त गरिएको जानकारी दिदै टिम हेर्ने जिम्मेवारी सहायक प्रशिक्षक राजु तामाङलाई दिईएको जनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार ललितपुरले पोखरा थन्डर्ससँग गोलरहित बराबरी खेलेको थियो ।
प्रतियोगितमा ललितपुरले जित निकाल्न सकेको छैन ।
ललितपुर ४ खेलमा ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
पहिलो खेलमा ललितपुर काठमाडौंसँग १-० ले पराजित भएको थियो ।
दोस्रो खेलमा चितवनसँग १-१ को बराबरी खेलेको ललितपुरले तेस्रो खेलमा धनगढीसँग १-१ कै बराबरी खेलेको थियो ।










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)