एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज साविक विजेता लिभरपुर म्यानचेस्टर युनाईटेडबीच प्रतिस्पर्धा हुँदैछ ।
लिभरपुलले युनाईटेडसँग ओल्ड ट्राफोर्डमा खेल्नेछ । युनाईटेड र लिभरपुलबीचको खेल राति ९:१५ बजे सुरु हुनेछ ।
युनाईटेडविरुद्ध मैदान उत्रदा लिभरपुल जित निकाल्न योजनामा हुनेछ ।
शीर्ष चारमा रहदै च्याम्पियन्स लिगमा छनोट हुनका लागि समेत लिभरपुलका लागि यस खेल महत्वपूर्ण रहेको छ ।
तर, बलियो युनाईटेडविरुद्ध जित निकाल्न लिभरपुललाई सहज भने हुने छैन ।
लिभरपुल ३३ खेलमा ५४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
युनाईटेड ६७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
घरेलु मैदानमा लिभरपुललाई हराएर युनाईटेड शीर्ष दुईमा आफुलाई कायम राख्न चाहन्छ ।
यस खेलमा लिभरपुलले जितेको खण्डमा म्यानचेस्टर सिटीले लिगको उपाधि समेत जित्नेछ ।
प्रिमियर लिग अन्तर्गत अर्को खेलमा आर्सनलले न्युकासलसँग प्रतिस्पर्धा गर्नेछ ।
आर्सनल ४६ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
न्युकासल ३६ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।