एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन पराजित भएको छ ।
शनिबार राति भएको खेलमा एभर्टन एस्टन भिल्लासँग २-१ गोल अन्तरले पराजित भएको हो ।
एभर्टनको मैदानमा एस्टनलाई जित दिलाउन ओली वाट्किन्स र अनवर एल घाजीले एक एक गोल गरे ।
एभर्टनका डोमिनिक काल्भार्ट लेविनले एक गोल फर्काए ।
खेलको १३ औं मिनेटमा वाट्किन्सले गोल गर्दै एस्टनलाई अग्रता दिलाएका थिए ।

१९ औं मिनेटमा डोमिनिकले गोल गर्दै एभर्टनलाई १-१ गोलको बराबरीमा फर्काए ।
तर, खेलको ८० औं मिनेटमा अनवरले गोल गर्दै एस्टनलाई २-१ को जित दिलाए ।
जितसँगै एस्टनले ३३ खेलमा ४८ अंक जोडेको छ । एस्टन नवौं स्थानमा रहेको छ ।
एभर्टन ५२ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
