मिलान शीर्ष दुईमा
आइतबार, बैशाख १९, २०७८खेलपाटी संवाददाता
एजेन्सी । इटालियन सिरी ए फुटबलमा एसी मिलानले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा मिलानले बेनेभेन्टोलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
मिलानलाई जित दिलाउन हाकन कल्हानोग्लु र थियो हर्नान्डेजले एक एक गोल गरे ।
खेलको छैटौं मिनेटमा हाकनले गोल गर्दै मिलानलाई १-० को अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ६० औं मिनेटमा हर्नान्डेजले गोल गर्दै मिलानलाई २-० को जित दिलाए ।
जितसँगै मिलान लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
मिलानले ३४ खेलमा ६९ अंक जोडेको छ ।
बेनेभेन्टो ३१ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।









-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)