रियलको सहज जित
आइतबार, बैशाख १९, २०७८खेलपाटी संवाददाता
एजेन्सी । स्पेनिस ला लिगा फुटबल रियल मड्रिडले सहज जित निकालेको छ ।
शनिबार राती भएको खेलमा रियल ओसासुनालाई २-० गोल अन्तरले पराजित गरेको छ ।
घरेलु मैदानमा रियललाई जित दिलाउन इडेर मिलिटाओ र कासिमिरोले एक एक गोल गरे ।
ओसासुनाविरुद्ध रियलले पहिलो हाफमा गोलरहित बराबरी खेलेको थियो ।
तर, दोस्रो हाफको ७६ औं मिनेटमा मिलिटाओको गोलबाट अग्रता बनाएको थियो ।
त्यसपछि खेलको ८० औं मिनेटमा कासिमिरोले गोल गर्दै रियललाई २-० को जित दिलाए ।
जितसँगै रियलले ३४ खेलमा ७४ अंक जोडेको छ । दोस्रो स्थानको रियलले शीर्ष स्थानको एट्लेटिकोमाथि दबाब कायम राखेको छ ।
एट्लेटिकोको ७६ अंक रहेको छ ।
ओसासुना ४० अंक जोडेर ११ औं स्थानमा रहेको छ ।









-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)