एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले आफ्ना ६ फ्यानलाई प्रतिबन्ध लगाएको छ ।
युनाईटेडले सामाजिक संजालको दुरुपयोग गर्दै टोटेनहमका सन ह्युङ मिनमाथि दुर्व्यवहार गरेको भन्दै ६ फ्यानलाई प्रतिबन्ध गरेको हो ।
प्रिमियर लिग अन्तर्गत अप्रिल ११ मा युनाईटेड र टोटेनहमबीचको खेलपछि ती फ्यानले सनलाई सामाजिक संजालको माध्यमबाट दुर्व्यवहार गरेका थिए ।
टोटेनहमको मैदानमा भएको उक्त खेलमा युनाईटेडले ३-१ को जित निकालेको थियो ।
प्रतिबन्धमा पर्नेमा ३ जना सिजन टिकटधारी, २ आधिकारिक समर्थक र १ टिकटधारी फ्यान रहेका छन् ।