एजेन्सी । डच क्लब आयाक्सका मुख्य प्रशिक्षक एरिक टेन हागले क्लबसँग नयाँ सम्झौता गरेका छन् ।
एरिकले शुक्रबार क्लबसँग नयाँ सम्झौता गरेका हुन् ।
नयाँ सम्झौतासँगै एरिक सन् २०२३ सम्म क्लबमा रहने छन् ।
पछिल्लो समय टोटेनहमसँग जोडिएका एरिक क्लबमै बस्न सहमत भएका हुन् ।
मुख्य प्रशिक्षक जोडे मोरिन्होलाई बर्खास्त गरेपछि टोटेनहमले एरिकलाई अनुबन्ध गर्न चासो देखाएको थियो ।
नयाँ सम्झौतासँगै एरिकले क्लबमा आफु खुसी रहेको बताए ।
'मलाई थाहा छ म कोसँग काम गर्दैछु, मलाई थाहा छ हाम्रो लक्ष्यहरू । म यहाँ खुशी छु। म जहाँ छु म त्यहाँ व्यस्त छु । आयाक्स मेरो टाउको र मुटु छ ।'