एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका डिफेन्डर ड्यानी कार्भाजलले चोट बोकेका छन् ।
रियलले एक विज्ञप्ति निकाल्दै कार्भाजलले चोट बोकेको पुस्टि गरेको छ ।
स्पेनिस डिफेन्डरको फिलाको मांसपेशीमा समस्या देखिएको बताईएको छ ।
चोट बोकेपछि कार्भाजलले च्याम्पियन्स लिगमा चेल्सीविरुद्धको दोस्रो लेग खेल गुमाउने भएका छन् ।
रियलले चेल्सीसँग आगामी मे ६ मा दोस्रो लेग खेल खेल्नेछ ।
पहिलो लेगमा चेल्सी र रियलले १-१ गोलको बराबरी खेलेका थिए ।
पहिलो लेगमा कार्भाजल चोटका कारण ७७ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।
