• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
खेलाडी ‘रिकभरी’को समस्या
नमीन ढकाल
शुक्रबार, वैशाख १७, २०७८ नमीन ढकाल
खेलाडी ‘रिकभरी’को समस्या

काठमाडौं । प्रभावशाली डिफेण्डर विकाश खवासलाई एनएसएलको अक्सनमा चार क्लबले बिट गरेका थिए । 'ए' श्रेणीका खवासको भाउ १ लाखबाट सुरु भएको थियो ।

अधिकतम २ लाखसम्म पुग्दा काठमाडौ, चितवन, ललितपुर र धनगढीले बोली लगाईरहे । उनी गोलाप्रथाबाट चितवनको टोलीमा परे । तर बहुप्रतिक्षित बनेको एनएसएलको पहिलो खेलमै चोट बोकेका १९ वर्षीय खवास दोस्रो खेलबाट भने मैदान उत्रन पाएनन् । चितवनले उनको स्थानमा 'ए' श्रेणीकै स्ट्राइकर जर्ज प्रिन्स कार्की ल्यायो ।

यता धनगढीले समेत एनएसएलकै लागि भनेर विदेशी खेलाडी एर्नेष्ट टम्पी झिकायो । उनीपनि पहिलो खेलमै चोट बोकेर मैदान बाहिरिए । अन्ततः उनले पनि एनएसएसका सम्पूर्ण खेल गुमाउने भए । उनको स्थानमा धनगढीले फ्रान्क्लिन कुउते झिकाएको छ । तेस्रो खेलमा उनी ‘नन प्लेईङ लिष्ट’ मा रहे ।

प्रतियोगिता अघिनै पोखराका सुजल श्रेष्ठ, काठमाडौंका त्रिदेभ गुरुङ, चितवनका विकास तामाङ लगायतका खेलाडी अक्सनमा रहेपनि चोटकै कारण प्रतियोगिता गुमाउन पुगे ।

प्रतियोगिताका खेल लगातार हुँदा खेलाडीले ‘रिकभरी’ हुने समय पाएका छैनन् । चोटबाट निको भएर फर्कने समय नपाउँदा खेलाडी र टिम समस्यामा देखिएका छन् । जसका कारण सहभागी टोलीले चोट बोकेका खेलाडीलाई ‘लिष्ट’ बाट बाहिर राख्दै रिक्त कोटा परिपूर्ती गरिरहेका छन् ।

आफ्नो दोस्रो खेलमा एफसी चितवनका विकास सहित ४ खेलाडीले चोट बोके । प्रशिक्षक मेघराज केसीले बुटबल लम्बिनीविरुद्ध मार्की खेलाडी भरत खवास, दुई इजिष्टका मिडफिल्डरद्धय अहमेद मोहमेद र एल्साएद शाबन गुमाउन पुगे ।

प्रशिक्षक केसीका अनुसार विकास ४ साता मैदान बाहिर रहनेछन् भने अन्य दुई खेलाडी अर्काे खेलका लागि तयारी हुने अपेक्षा गरिएको छ ।
यता, धनगढीले समेत चोटकै कारण खेल दौरान टेम्पी सहित दुई खेलाडी गुमाई सकेको छ । उसले दोस्रो खेलको १२ औं मिनेटमा स्ट्राइकर योगेश गुरुङ र मिडफिल्डर विवेक बस्नेतलाई गुमाएको थियो ।

अक्सनबाटनै सेट टिम तानेका प्रशिक्षक र ब्यवस्थापकलाई खेल दौरान खेलाडीले चोट बोक्दा समस्या देखिएको छ । टिमले सोचे अनुसार रणनीति बनाउन सकेका छैनन् । जसका कारण टोलीको प्रदर्शन एकै नाशको हुन सकेको छैन ।

धनगढी प्रशिक्षक युगल किशोर राई खेलाडी चोट बढ्दै जाने र रिकभरीको समय कम हुँदा टोलीलाई दबाब बढ्दै गएको बताउँछन् ।

‘खेलाडी रिकभरीको समयनै भएन । व्यस्त तालिका छ । एक दिनको ग्यापमै खेल्नुपर्छ । हामीले रातो कार्ड गरि ४ खेलाडी गुमाईसक्यौं । सबै खेलाडीको मसल्सको समस्या छ ।’ बिहीबार ललितपुर सिटी एफसीसँग १–१ को बराबरीमा रोकिएपछि राईले भने ।

No description available.

तेस्रो चरणमा धनगढीका प्रशिक्षक राई व्यस्त तालिका र रिकभरी समयको अभाबबारे बोल्दा अन्य प्रशिक्षकले भने यस बिषयमा बोलेका छैनन् ।
प्रशिक्षक युगल रिकभरीका लागि केही टोलीलाई बढी र कोही टोलीलाई थोरै समय भएको बताउँदै व्यस्त तालिका परिवर्तन नभएसम्म यो समस्या गाह्रो हुने बताउँछन् ।

‘कुन टोलीमा चोट थोरै र कुनमा धेरै भन्ने मात्रै हो । मुख्य समस्या रिकभरी समय हो । त्यो नभएसम्म गाह्रो हुन्छ ।’ उनी भन्छन् ।

नेपालमा पहिलोपटक आयोजना भएको फ्रेन्चाईज नेपाल सुपर लिग बैशाख ११ गतेबाट सुरु भएको थियो । प्रतियोगिताको समापन जेठ १ गते हुनेछ । प्रतियोगिताको २१ दिनको अवधिमा २५ खेल हुनेछन् । लिग चरणमा २१ खेल हुनेछन् भने क्वालिफायर, इलिमेटर र फाइनल गरि अन्य ४ खेल हुनेछन् ।

प्रतियोगिताको विजेताले ३५ लाख प्राप्त गर्दा उपविजेता टोलीले १५ लाख प्राप्त गर्नेछ । यस्तै विधागत तर्फका विजेताले १–१ लाख पाउनेछन् । यता, खेलाडी समेत व्यस्त तालिका हुँदा रिकभरी समयको अभाव रहेका बताउँछन् ।

‘लगातार खेलले खेल्न गाह्रो भैरहेको छ । अलि व्यस्त तालिका नभएको भए राम्रो हुन्थ्यो । रिकभरी गरिहाल्ने अवस्था छैन ।’ राष्ट्रिय टिमका एक खेलाडी भन्छन् ।

हाल सहभागी टोलीले खेलाडीमा समस्या देखा पर्ने बित्तिकै उसलाई टोली बाहिर राखेर अर्काे खेलाडी राख्न थालेका छन् । आयोजकले समेत खेलाडी चोट बोके उसको स्थानमा अन्य खेलाडी झिकाउन पाउने प्रावधान राखेको छ ।

जसका कारण खेलाडी समेत दबाबमा छन् । उनीहरु खेल्नकै लागि भएपनि मैदान प्रवेश त गर्छन् । तर सोचेअनसार प्रदर्शन दिन सक्दैनन् । सोही कारण खेलाडी र टिमको प्रर्दशन तलमाथी भैरहेको छ ।

‘व्यस्त खेल तालिका भएपनि खेल्नै पर्याे । लगातार खेल्दा एकैनाशको प्रदर्शन रहँदैन । चोट भएपछि टोलीबाट निस्कनुपर्छ । यस्तो दबाब पनि छ । त्यसैले एकैनाशको प्रदर्शन भैरहेको छैन ।’ खेलाडी भन्छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कुमारी रेलिगेसनबाट जोगियो
कुमारी रेलिगेसनबाट जोगियो
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
खुसी छैनन् मेसी
खुसी छैनन् मेसी
च्याम्पियन्स लिगमा आर्सनल
च्याम्पियन्स लिगमा आर्सनल
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
बार्सिलोनाको उपाधि उत्सव खल्लो
बार्सिलोनाको उपाधि उत्सव खल्लो
umbro nepal
  • ताजा समाचार
  • खेल आज
कुमारी रेलिगेसनबाट जोगियो
कुमारी रेलिगेसनबाट जोगियो
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
‘पार्टनर इन द म्याच’
‘पार्टनर इन द म्याच’
नेपाल पहिलोपल्ट विश्वकप ग्लोबल छनोटमा
नेपाल पहिलोपल्ट विश्वकप ग्लोबल छनोटमा
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP