एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोना पराजित भएको छ ।
बिहीबार राति भएको खेलमा बार्सिलोना ग्रानडासँग २-१ गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा बार्सिलोना पराजित भएको हो ।
खेलको २३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

तर, खेलको ६३ औं मिनेटमा डार्विन माचिसले गोल गर्दै ग्रानडालाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ७९ औं मिनेटमा जोर्गे मोलिनाले गोल गर्दै ग्रानडालाई २-१ को पुनरागमन जित दिलाए ।
यस हारसँगै बार्सिलोनाले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।
बार्सिलोनाले ३३ खेलमा ७१ अंक जोडेको छ । बार्सिलोना तेस्रो स्थानमा रहेको छ ।
ग्रानडा ४५ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
