काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा अहिले विराटनगर एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा विराटनगर र पोखराले गोलरहित बराबरी खेलेका छन् ।
आज विराटनगर लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ ।
पहिलो खेलमा विराटनगरले धनगढी एफसीलाई ३-० ले हराएको थियो ।
पोखरा भने पहिलो जितको खोजीमा रहेको छ ।
पहिलो खेलमा पोखरा बुटवल लुम्बिनीसँग पराजित भएको थियो ।