• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
लयमा धनगढी
नमीन ढकाल
बुधबार, वैशाख १५, २०७८ नमीन ढकाल
लयमा धनगढी

काठमाडौं । अक्सन, विदेशी खेलाडी र आईकोनीक खेलाडी हेर्दा कागजमा धनगढी एफसी एनएसएलको सबैभन्दा बलियो टिम देखिन्छ । तर आफ्नो पहिलो खेलमै धनगढीले विराटनगर सिटी एफसीसँग नमज्जाकाे हार व्यहाेर्याे । त्यो पनि ३–० को नतिजामा । प्रशिक्षक युगलकिशोर राईले भनिहाले, तीन गाेल अन्तरकाे हार निकै ठुलो हो । धनगढी हराएकाे विराटनगर पहिलो चरणमा बलियो देखियो । सुरुवातमै गोल गरेपछि विराटनगरले खेलमा एकोहोरो दबाब बनाएकाे थियो । र महत्वपूर्ण तीन अंक हासिल गर्याे ।

खेलमा पराजित भएसँगै पत्रकारसंग धनगढीका प्रशिक्षक युगल किशोर राईले खेलमा गोल गर्नु र गोल रोक्नु महत्वपुर्ण हुने उल्लेख गर्दै आफ्नो टिम दुवैमा असफल भएको बताएका थिए । उनले भनेको थिए, ‘खेलमा दुई चिज निकैनै महत्व हुन्छ । एक गोल गर्ने, अर्काे गोल रोक्ने । हामीले दुबै पुरा गर्न सकेनौं ।’

मंगलबार दोस्रो खेलमा भने धनगढी मैदानमा पुरा समय छायो । बलियो टोली काठमाडौं रेजर्सको सामना गरेको धनगढी सबै पोसेसनमा बलियो देखियो । मंगलबार जित निकाल्ने पालो धनगढीको थियो । पहिलो चरणमा बलियो देखिएको काठमाडौं रेजर्सविरुद्ध धनगढीले शानदार जित निकाल्यो । खेलको १९ औं मिनेटमा टंक बस्नेतले आकर्षक गोल गरे । उनले मैदानको दायाँ भागबाट क्रस गरेको बल दोस्रो बारमा लागेर गोलरक्षक बिकेश कुथुलाई ‘टच’ हुँदै जाली चुमेका थियाे ।

बाँकी दुई गोल उस्तै उत्कृष्ट थिए । दुवै काउन्टर गोल थिए, दुवै गोल पहिलो हाफमै सम्भव भएका थिए ।

पहिलो गोल भएको चौथो मिनेटमै धनगढीका लागि नाईजेरियन खेलाडी ओलादिपो ओलावाले आफिजले गोल गरे । काउन्टरमा सो गोल भएको थियो । धनगढीका मार्की खेलाडी विशाल राईले काठमाडौंका विदेशी खेलाडीबाट बल खोस्छन्, सो बल दर्शन गुरुङले काउन्टरमा आफिजलाई दिन्छन् । मैदानको ठिक मध्यभागमा बल पाएका आफिज ओलावाले तिब्र गतिमा बललाई काठमाडौंको पोष्टको दिशातर्फ पुर्याउँछन् । डिफेण्डर फ्लोरेन्ट कोअरा र गोलरक्षक विकेश कुथुलाई बिट गर्दै आकर्षक गोल गर्छन् ।

तेस्रो गोलपनि उत्कृष्ट रह्यो । काठमाडौं रेजर्सका खेलाडीले कुनै भेउनै पाएनन् । यस गोलको श्रेय जान्छ, अशोक खवासलाई ।

कप्तान किरण कुमार लिम्बुले हातले बल ‘रिलिज’ गर्दै ‘राईट ब्याक’ अशोक खवासलाई बल दिन्छन् । अशोकले तिब्र गतीमा बल अगाडी बढाउँदै मिडफिल्डरद्वय संजोक राई र तेज तामाङलाई बिट गर्दै दर्शन गुरुङलाई पास निकाल्छन् । दर्शनले ६ खेलाडीलाई बिट गर्दै मैदानको बायाँ भागबाट पास मिलाउँछन् । र ‘सिक्स यार्ड बक्स’ भित्र रहेका आफिजले सहजै बललाई पोष्टको दिशा दिन्छन् । यो गोल ‘थ्री टच’ मा सम्भव हुन्छ ।

करिब एक बर्षपछि नेपाली फुटबलमा फर्किएका आफिजले दुई गोल गरेपछि पश्चिमको टोली धनगढीले शानदार जित निकाल्यो । योसँगै अफिजले आफुलाई पुरानै लयमा देखाए । धेरै प्रश्नको उत्तर गोलबाटै दिए ।

पहिलो हाफमा तीन गोल गरेको धनगढी दोस्रो हाफमा थप गोल गर्न चाहन्थ्यो । तर उसका डिफेण्डर रमेश डंगाल दोस्रो पहेलो कार्ड ब्यहोर्दै मैदानबाट बाहिरिएपछि धनगढीले रक्षात्मक खेल खेल्यो । ६२ मिनेटमा पहिलो कार्ड भेट्टाएका रमेशले त्यसको ६ मिनेटपछि दोस्रो कार्ड ब्यहोरे । दोस्रो हाफको २३ र थपिएको ५ मिनेटमा धनगढीले राम्रो डिफेन्सिभ खेल खेल्यो । १० खेलाडी मात्रै भएपनि धनगढीले मैदानमा छाएरै खेल्यो । ‘आईकोनीक’ तथा कप्तान गोलरक्षक किरणले पनि धैर्यता गुमाएनन् । दिनेश राजवंशीले पुरै डिफेन्सको कमान्ड सम्हालेका थिए ।

खेलपछि धनगढीका प्रशिक्षक राईले यसअघिको कमीकमजोरी सुधार गर्दै लक्ष्य पुरा गरेको प्रतिक्रिया दिए ।

‘सुरुको खेलमा भनेको दुई कुरानै हामीले पुरा गर्याै । योजना अनुसार तीन अंक आयो ।’ पछिल्लो ए लाईसेन्स ब्याजका प्रशिक्षक राईले भने ।

उनले राष्ट्रिय खेलाडी र प्रशिक्षकमा फुजाजस्तो कोचको साथ रहेको बताउँदै आफुहरु उपाधिका लागि उत्रने बताए । ‘हामी उपाधिको दाबेदार पनि हो । हाम्रो टिममा राष्ट्रिय टोलीका मुख्य खेलाडी छन् । प्रशिक्षक तोपे फुजा पनि हुनुहुन्छ । सबै खेलाडी पोजेटिभ छन् ।’ राईले भने ।

यसअघि उद्घाटन खेलमा लतिपुर सिटी एफसीलाई १–० गोल अन्तरले हराएको काठमाडौं रेजर्सले भने धनगढीविरुद्ध धैर्यता गुमायो । उसले कुनै पनि पोसिजन र कुनै पनि समय राम्रो प्रदर्शन गर्न सकेन । सबै क्षेत्रमा कमजोर देखियो । कोरोना संक्रमणबाट फर्किएका राष्ट्रिय टोलीका तेज तामाङ, संजोक राई, विकेश कुथु लगायत अन्य खेलाडीले सोचे अनुसार प्रदर्शन दिन सकेनन् ।

‘खेलाडीमा धैर्यता गुमेको देखियो । ओभर कन्फिडेन्ट भयो । पहिलो हाफबाटनै नराम्रो भयो । नचुकेको ठाउँनै रहेन । सबै ठाउँमा चुक्यौं ।’ काठमाडौं रेजर्सका प्रशिक्षक बाल गोपाल महर्जनले खेलपछि भने ।

उनले बाँकी रहेको चार खेल उच्च मनोबलका साथ मैदानमा उत्रदै उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतिक्रिया दिए ।

दोस्रो खेलमा हाबी देखिएिको धनगढीलाई तेस्रो खेलमा ललितपुरविरुद्ध भने समस्या आउन सक्छ । उसका दुई महत्वपूर्ण डिफेण्डर टोलीमा हुनेछैनन् । विदेशी खेलाडी एर्नेष्ट टेम्पीले चोट बोक्दै प्रतियोगिता गुमाएका छन् । उनी बाँकी खेलमा देखिने छैनन् ।

उनको स्थान लिएका रमेश समेत दोहोरो पहेँलो कार्ड ब्यहोर्दा ललितपुरविरुद्ध उपलब्ध हुने छैनन् । धनगढीको विकल्पनै नयाँ सेन्टर डिफेण्डरको खोजी गर्नु हो । ‘डिफेण्डरमा समस्या छ । अबको खेलमा दुई डिफेण्डर गुमाउँनेछौं । को हुन्छ ? कस्तो हुन्छ ? हामी राम्रो डिफेण्डरको खोजीमा छौं ।’ प्रशिक्षक राई भन्छन् ।

 

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चेल्सी र पिएजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
चेल्सी र पिएजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
जुझारु टिम, थाकेको नेतृत्व
जुझारु टिम, थाकेको नेतृत्व
कीर्तिमानी स्पेन
कीर्तिमानी स्पेन
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
चेल्सी र पिएजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
चेल्सी र पिएजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
जुझारु टिम, थाकेको नेतृत्व
जुझारु टिम, थाकेको नेतृत्व
कीर्तिमानी स्पेन
कीर्तिमानी स्पेन
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP