एजेन्सी । युरोकप फुटबलमा हरेक टिमले २६ खेलाडी राख्न पाउने भएका छन् ।
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले युरोकपमा एक टिममा २६ खेलाडी राख्न दिने निर्णय गरेको छ ।
कोरोना भाईरसलाई मध्येनजर गर्दै टिममा थप ३ खेलाडी राख्न दिने निर्णय गरेको हो ।
यस अघि एक टिममा २३ खेलाडी मात्र राख्न पाईने नियम रहेको थियो ।
तर, कोरोनाको महामारीबीच हुने ठुला फुटबल प्रतियोगितामा खेलाडीलाई राहत दिने योजनासहित २६ खेलाडी राख्न पाईने नियम बनाईएको हो ।
कोरोना भाईरसको कारण एक वर्ष सरेको युरोकप जुन ११ देखि जुलाई ११ सम्म हुनेछ ।