काठमाडौं । काठमाडौं रेजर्सका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले पहिलो हाफमा चुक्दा धनगढी एफसीसँग पराजित हुनु परेको बताएका छन् ।
नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत मंगलबार धनगढी काठमाडौं रेजर्ससँग ३-० गोल अन्तरले पराजित भएको थियो ।
खेलपछि बोल्दै प्रशिक्षक महर्जनले आफ्नो टिम पहिलो हाफमा सबै पक्षमा चुकेको बताए ।
'पहिलो हाफमा नै चुक्यो । हामी डिफेन्स देखि सबै भागमा चुक्यौं । पहिलो हाफमा हामीले कतै राम्रो गर्न सकेनौं । हामीले काउन्टर अट्याकिङमा पनि गोल खायौं,' प्रशिक्षक महर्जनले भने, 'यो सिकाइको पाठ पनि हो । यसबाट सिकेर अर्को खेलमा सुधार्ने गर्छौं ।'
प्रशिक्षक महर्जनले काठमाडौंविरुद्ध विदेशी खेलाडीले सोचे जस्तो खेल्न नसकेको बताए ।
'आज खेलमा विदेशी खेलाडीले पनि राम्रो गर्न सकेनन् । अर्को खेलमा खेल्ने स्टाईल र केही परिवर्तन हुन सक्छ,' उनले भने,'डिफेन्ड, मिडफिल्डमा जस्ले बढी बल होल्ड गर्न सक्छ त्यसले अवसर पाउने हो ।'
दोस्रो हाफमा खेलाडीले राम्रो गरेपनि स्कोर ननिस्किएको उनले बताए ।
'पहिलो हाफमा खेलाडीको मनोबल नै कमजोर देखिएको थियो । तर, दोस्रो हाफमा गोल गर्न नसकेनी खेलमा केही सुधार आएको थियो । खेलाडीको मनोबल पनि बढाउनु पर्नेछ,' उनले भने ।
यस्तै प्रशिक्षक महर्जनले टिमलाई त्रिदेभ गुरुङको अभाव देखिएको बताए । मिडफिल्डर त्रिदेभ चोटको कारण मैदान उत्रिएनन ।