काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा अहिले धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा धनगढीले ३-० को अग्रता बनाएको छ ।
खेलको १९ औं मिनेटमा टंक बस्नेतले गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए ।
खेलको २२ औं मिनेटमा ओलावालेले गोल गर्दै धनगढीलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको पहिलो हाफको इन्जुरी समयमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै धनगढीलाई ३-० को अग्रता दिलाएका हुन् ।