एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का गोलकिपर केइलर नाभासले क्लबसँग नयाँ सम्झौता गरेका छन् ।
कोस्टारिकाका गोलकिपर नाभासले सोमबार क्लबसँग नयाँ सम्झौता गरेका हुन् ।
नयाँ सम्झौतासँगै नाभास सन् २०२४ सम्म पीएसजीमा रहने छन् ।
क्लबसँग नाभासको सम्झौता २०२३ सम्म रहेको थियो ।
नाभासले यस सिजन पीएसजीका लागि ३७ खेल खेलिसकेका छन् ।
पीएसजीका लागि उनले लिग वान, कोप डे फ्रान्सको उपाधि जितिसकेका छन् ।
३४ वर्षीय नाभास सन् २०१९ मा रियल मड्रिडबाट पीएसजी आएका थिए ।
नाभासले रियलमा ६ सिजन बिताएका छन् । नाभासले रियलबाट १०४ खेल खेलेका थिए ।
३२ वर्षे नाभासले रियलबाट ३ च्याम्पियन्स लिग, ४ क्लब विश्वकप, ३ स्पेनिस सुपर कप र ३ युईएफए सुपर कपको उपाधि जितेका थिए ।