एजेन्सी । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले एसी मिलानका फरवार्ड ज्लाटन इब्राहिमोविचमाथि अनुसन्धान सुरु गरेको छ ।
माल्टाको एक बेटीङ कम्पनिसँग अनाधिकृत रुपमा आर्थिक चाँसो देखाएको भन्दै यूईएफएले छानबिन प्रक्रिया अघि बढाएको हो ।
इब्राहिमोविचले युईएफएको आचारसंहिता उलंघन गरेको कारण अनुसन्धान गर्न लागिएको जनाएको छ ।
इब्राहिमोविच दोषी ठहरिएमा ३ वर्षसम्मको प्रतिबन्ध हुने बताईएको छ ।
स्विडेनका भेट्रान फरवार्डले यसै साता मिलानसँग नयाँ सम्झौता गरेका थिए ।
सम्झौतासँगै इब्राहिमोविच २०२१/२२ को सिजनसम्म मिलानमा रहने छन् ।
४० वर्षीय फरवार्ड सन् २०१९ मा मिलान आएका थिए ।