एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा एसी मिलान पराजित भएको छ ।
सोमबार राति भएको खेलमा मिलानलाई लाजियोले ३-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा जाओकिन कोर्रेयाले दोस्रो मिनेटमा गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए ।
खेलको ५१ औं मिनेटमा कोर्रेयाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८७ औं मिनेटमा सिरो इम्मोबाइलले गोल गर्दै लाजियोलाई ३-० को सहज जित दिलाए ।
यस हारसँगै मिलानले ३३ खेलमा ६६ अंक जोडेको छ । मिलान लिगको पाँचौं स्थानमा रहेको छ ।
लाजियो ६१ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
सिरी ए अन्तर्गत नै एट्लान्टाले बोलोग्नालाई ५-० गोल अन्तरले हराएको छ ।
एट्लान्टा ६८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।
अर्को खेलमा नापोलीले टोरिनोलाई २-० ले हराएको छ ।
नापोली ६६ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ ।