एजेन्सी । इङ्लिस प्रिमियर लिगको 'हल अफ फेम' सम्मानबाट एलन शियरर र थियरी हेनरी सम्मानित भएका छन् ।
प्रिमियर लिगले सोमबार एलन र थियरीलाई 'हल अफ फेम' बाट सम्मानित गरेको हो ।
प्रिमियर लिगको यस सम्मानबाट सम्मानित हुने उनीहरु पहिलो व्यक्ति हुन् ।
प्रिमियर लिगले पूर्व खेलाडीलाई गर्ने यो उच्च सम्मान हो ।
इंग्ल्यान्डका पूर्व स्ट्राइकर एलन प्रिमियर लिगका सर्वाधिक गोलकर्ता हुन् ।
एलनले ४ सय ४१ खेलमा २ सय ६० गोल गरेका छन् ।
फ्रान्सका हेनरीले आर्सनलबाट प्रिमियर लिग खेलेका थिए ।
यस अघि नै तय भएपनि यो सम्मान कोरोना भाईरसको महामारीको कारण स्थगित भएको थियो ।