काठमाडौं । ललितपुर सिटी एफसीका डिफेन्डर पिटर सेगुनले नेपाल सुपर लिग (एनएसएल)मा चितवनविरुद्ध खेल्ने भएका छन् ।
प्रतियोगिता अन्तर्गत आज (सोमबार) हुने खेलमा पिटरले ललितपुरबाट पहिलो खेल खेल्ने पक्का भएको क्लबले जनाएको छ ।
नाइजेरियन डिफेन्डर पिटरले लिगको पहिलो खेल गुमाएका थिए । काठमाडौं रेजर्ससँग ललितपुरले १–० को हार व्यहोर्दा पिटर टोलीमा थिएनन् ।
श्रम स्विकृत प्राप्त नभएका कारण उनी टिममा नपरेको बताईएको थियो ।
प्रशिक्षक प्रदीप हुमाँगाईले पिटर ढिलो गरि टोलीमा समावेश भएकाले पहिलो खेल गुमाएको बताए ।
पिटरसँग अन्य खेलाडीले सँगै प्रशिक्षण गर्ने अवसर नपाएकाले पहिलो खेलमा टोलीमा नपरेको प्रशिक्षक हुमागाँईले जानकारी दिए ।
‘पहिलो खेलमा उनी ढिलो गरि टोलीमा समावेश भएका थिए । उनलाई सबै खेलाडीसँग राखेर प्रशिक्षण गर्न पाएका थिएनौ । त्यसैले उनी पहिलो खेलमा टिम बाहिर रहेका हुन् ।’ उनले भने, ‘अर्को कुरा हामीले नेपाली खेलडीलाई किन विश्वास नगर्ने । विदेशी खेलाडीको भर मात्र कति पर्ने भनेर पनि हो । तर, आजको खेलमा उनी खेल्ने छन् ।’
उनले श्रम स्विकृतीको विषयमा आफुलाई जानकारी नभएको बताए । आफु प्रशिक्षक भएकाले व्यवस्थापनको पाटो अन्य व्यक्तिले हेरिरहेको बताए ।
पिटर घरेलु टोलीका उत्कृष्ट डिफेन्डर मानिन्छन् । पिटर अनुपस्थित खेलमा ललितपुरले पहिलो खेलमा काठमाडौं रेजर्ससंग हार ब्यहोरेको थियो ।
पिटरलाई चितवन एफसीविरुद्धको दोस्रो खेलमा ललितपुरले उतार्ने निर्णय गरेको हो ।
चितवनले एनएसएलको पहिलो खेलमा ललितपुरविरुद्ध खेल्दैछ । चितवनका प्रशिक्षक मेघराज केसीले खेलाडीको स्तरमा खासै भिन्नता नभएका कारण उपाधिमा आफ्नो टिमले दाबेदारिता प्रस्तुत गर्ने बताउने गरेका छन् ।
प्रतियोगितामा चितवनले मात्र खेल्न बाँकी रहेको छ । बाँकी सबै टिमले पहिलो चरणको खेल सकाएका छन् ।