आइतबार, १८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

फस्ट्याउँदै रात्रीकालिन फुटबल !

सोमबार, ०६ बैशाख २०७८नमीन ढकाल
फस्ट्याउँदै रात्रीकालिन फुटबल !
mustang rice ad

काठमाडौं । फुटबल नेपालमा लोकप्रिय छ । तर यो आम मानिसको संस्कृति र जीवनशैली बन्न सकेको छैन । युरोपेली फुटलबको एउटा खस विशेषता भनेको फुटबल मानिसको जीवनशैलीसँग जोडिनु हो ।

तर, एसियासहित दक्षिण एसियामा फुटबल आम मानिसको जीवन संस्कृतिसँग मिलेको छैन ।

नेपाली फुटबललाई लिएर धेरैको बुझाई पनि यस्तै छ । यो आम मानिससँग जोडिन सकेन । यसले मानिसको जीवनशैलीलाई अंगिकार गर्न सकेन । अझ फुटबल हेर्न सजिलो रहेन । अखिर खेल मनोरञ्जनको साधन हो । तर, आम फुटबल प्रेमीले यो मनोरञ्जन लिन सकेनन् । आम मानिसको दैनिकीसंग मिल्ने गरि नेपाली फुटबल पनि चलेनन् ।

हरेक दिनको मध्यान्नमा सारा काम, धन्दा छाडेर को फुटबल हेर्न जान्छ ? फुटबल चल्ने समयलाई लिएर धेरैका प्रश्न हुन्थ्यो ।

फुटबल लोकप्रिय त छ । तर घरेलु फुटबलमा दर्शक विस्तारै हराउन थालेका थिए । लिगमा दर्शक देखिन छाडेका थिए । दर्शकलाई फुटबलसँग कसरी जोड्ने भन्ने खास योजनापनि त एन्फासँग थिएन । तर दर्शक बिना कुन खेलले फड्को मार्न सक्छ र ? खेलकुद व्यवसायीक हुने भनेकै दर्शकको उपस्थितीले हो ।

यो तथ्य बुझेको एन्फाले विस्तारै रात्रीकालिन फुटबलको सुरुवात गर्यो । पछिल्लो उदाहरण हेरौं न । थ्री नेसन्स कप फुटबल प्रतियोगिता एन्फाले रात्रीकालिन रुपमा आयोजना गर्यो । नेपाली समर्थकले फ्लड लाइटमा खासै फुटबल हेर्न पाएका थिएनन् ।

खासमा दर्शक बटुल्न यसो गरिएको थियो । गलत समयमा खेलाएर को दर्शक रंगशाला आउँछन् र ? रात्रीकालिन फुटबलको एक विशेषता भनेको दिनभर काममा व्यस्त भएका फुटबलका प्रशंसक आफ्नो धन्दा सकेर रंगशालासम्म तान्नुपनि हो । दर्शक आएपछि मैदानको रौनकै बदलिन्छ । अझ आयोजकको गोजी नि भरिन्छ । आखिर फुटबल भनेको खेल मात्र हैन, पैसा पनि त हो ।

एन्फाले काठमाडौंमा सुरु गरेका रात्रीकालिन फुटबलको प्रभाव पछिल्लो समय मोफसलमा देखिन थालेको छ । काठमाडौंमा छिटफुट देखिदै आएको रात्रीकालिन फुटबल परम्परा यस पटक भने दुई वटा मोफसल प्रतियोगितामा हेर्न मिल्यो ।

५ वर्ष अघि आयोजक विराट ट्रस्टले अस्थायी ‘फ्लड लाईट’ जडान गर्दै प्रतियोगिता सम्पन्न गर्याे । त्यस यता प्रतियोगितानै रोकियो । पाँचौ महिला साफ च्याम्पियनसिपको आयोजनापछि कस्सिएको विराटनगर महानगरपालिका र प्रदेश सरकारले शहिद रंगशालामा स्थायी ‘फ्लड लाईट’ जडान गरे । खेलकुदलाई प्राथामिकता दिने सवालमा विराटनगरपालिकाका मेयर र प्रदेश एकका मुख्यमन्त्री दिलदार देखिन्छन् ।

यता, सिमरामा समेत पहिलो पटक ‘फ्लड लाईट’ मा ११ औं संस्करणको जितपुर गोल्डकप आयोजना भयो । जडान बत्तिबाट मापदण्ड अनुसारको उज्यालोपन नआएपनि विराट गोल्डकप प्रतियोगिता भने सफलतापूर्वक सम्पन्न भयो । सिमरामा पनि मापदण्ड अनुसारको उज्यालोपन नभएपनि प्रतियोगिता उल्लासपूर्ण तरिकाले सञ्चालन भएको छ ।

सामान्यतया रातीमा फुटबल देखाउन अन्तराष्ट्रिय मापदण्ड अनुसार लाईट १२ सयदेखि १४ सय ‘लक्स’ चाहिन्छ । तर नेपालको एकमात्रै दशरथ रंगशालामा समेत एएफसीको मापदण्ड अनुसारको लाईट नभएको अवस्था छ । त्यो भन्दा विजोग मोफसलमा छ ।

No description available.

मापदण्डलाई छाड्ने हो भने मोफसलमा समेत रात्रीकालिन फुटबल फस्टाउँदो छ । यसबाट खेल्ने, खेलाउने, हेर्ने सबैलाई फाइदानै भएको छ । आयोजकलाई दर्शक संख्या बढ्दा टिकटबाट राम्रै आम्दानी भएको छ । खेल्ने खेलाडीलाई तराईमा गर्मीमा खेल्नुभन्दा साँझमा खेल्न सहज हुनेनै भयो । हेर्ने दर्शकलाई समेत दिनभरको भागदौडबाट पार लाग्दै साँझमा आनन्दले फुटबलको मज्जा लिने मौका पाए ।

पछिल्लो समय स्थानीय सरकार, प्रदेश सरकारले खेलकुदमा सक्रियता बढाएका छन् । यसको प्रभाव पुर्वाधार निर्माणमा देखिएको छ । पछिल्लो समय विराटनगर र सिमरासँगै नुवाकोट, धरान, उदयपुर, पोखरामा समेत फ्लड लाईट जोड्ने तयारी हुदैछ । यसले मोफसलमा रात्रीकालिन खेलकुद थप फस्टाउँने अपेक्षा गरिएको छ ।

‘रातमा खेल भएसँगै दर्शकको पनि बाक्लो उपस्थिती रह्यो । सबैबाट राम्रो प्रतिक्रिया आएको छ । अरु प्रतियोगिता गर्नको लागि समेत हौसला बढेको छ ।’ आयोजक विराट ट्रसका सदस्य बसन्त अर्यालले खेलपाटीसँग भने ।

विराट गोल्डकप खेलेका एक खेलाडीले रात्रीकालिन फुटबलबारे भने, ‘रातीमा खेल हुँदा खेल्नेलाई पनि धेरै सहज हुन्छ । दिउँसो गर्मीले दुख दिन्छ । मौसम अनुकुल विराटनगरमा धेरै राम्रो थियो ।’
रातीमा खेल हुँदा दर्शक संख्या समेत बढ्दै जाने र आफुलाई पनि खेल्न प्रेरित हुने ती खेलाडी बताउँछन् ।

गोल्डकप आयोजक समेत रातिमा प्रतियोगिता हुँदा दर्शकहरुको बाक्लो उपस्थितीले खुसी छन् ।

‘रातीमा खेल हुने वित्तिकै दर्शकको बाक्लो उपस्थिती रह्यो । सायद समय अनुकुल राती खेल हुँदा सबैले ‘फ्रि’ भएर खेल हेर्न पाए ।’ एन्फा सह–महासचिव समेत रहेका अर्यालले भने ।

No description available.

फ्लड लाईट थपिने

यसअघि विराट ट्रस्टले पहिलो पटक अस्थायी फ्लड लाईटमा प्रतियोगिता आयोजना गरेको थियो । त्यसमा जम्मा ५ सय ५० लक्स पावर रहेको थियो । त्यसलाई सुधार गर्दै स्थायी ‘फ्लड लाईट’ जोडेको प्रदेश सरकारले यस पटक बढाउँदै ८ सय ५० लक्स पुर्याएको छ ।

तर एएफसीको मापदण्ड हेर्ने हो भने यो पक्कै अपुग छ । जुन कुरा प्रत्यक्ष खेल हेर्नेले नि भोगेको छन् र आयोजक समितिले समेत त्यसलाई बुझेको छ । प्रदेश सरकारले त बुझ्नै पर्याे । ‘पक्कै पनि लाईट कम छ । हामी यसलाई थप्छौं । अब दुई पोल थप्दै मापदण्ड पुरा गर्छौ ।’ अर्यालले भने ।

मापदण्ड पुरा गरेसँगै आयोजकले अन्तराष्ट्रिय प्रतियोगिता गर्न सहज हुने र अन्तराष्ट्रिय प्रतियोगिताको लागि गृहकार्य सुरु गरिने बताएको छ । साथै आयोजकलाई यस फ्लड लाईट संरक्षणमा समेत चुनौती थपिएको छ ।

‘फ्लड लाईट पुरा भएसँगै हामी अन्तराष्ट्रिय खेल खेलाउन सक्षम हुन्छौं । त्यसका लागि हामी तयार पनि छौं । तर हामीलाई यसको संरक्षणमा निकै चुनौती रहेको छ । संरक्षणसँगै प्रतियोगिता धेरै भन्दा धेरै गराउन सक्यौं भने यसलाई दीर्धकालिन रुपमा जोगाउन सक्छौं ।’ अर्याल भन्छन् ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आर्मी चौथो स्थानमा

आर्मी चौथो स्थानमा

आहा रारा गोल्डकप 'फल्डलाईट'मा खेलाइने

आहा रारा गोल्डकप 'फल्डलाईट'मा खेलाइने

संकटालाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी

संकटालाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी

Bajaj Pulsar Motorcycle Ad
 सलिना, सुमित्रा र मिनाले पुलिसबाट काभा महिला लिग खेल्ने

सलिना, सुमित्रा र मिनाले पुलिसबाट काभा महिला लिग खेल्ने

पाकिस्तानले विश्वकपमा भारतविरुद्धको खेल बहिष्कार गर्ने

पाकिस्तानले विश्वकपमा भारतविरुद्धको खेल बहिष्कार गर्ने

कमिन्स टी–२० विश्वकपबाट बाहिर

कमिन्स टी–२० विश्वकपबाट बाहिर

आर्मी चौथो स्थानमा

आर्मी चौथो स्थानमा

आहा रारा गोल्डकप 'फल्डलाईट'मा खेलाइने

आहा रारा गोल्डकप 'फल्डलाईट'मा खेलाइने

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

गण्डकी प्रदेश टाईगर कपको च्याम्पियन

गण्डकी प्रदेश टाईगर कपको च्याम्पियन

पूजाको काँधमा कप्तानी जिम्मेवारी

पूजाको काँधमा कप्तानी जिम्मेवारी