एन्जिलासहित चार खेलाडी भोलि स्वदेश फर्कने
सोमबार, २३ चैत्र २०७७खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय टिमका चार खेलाडी पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप खेलेर भोलि (मंगलबार) स्वदेश फर्कने भएका छन् ।
नेपाली राष्ट्रिय टोलीकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा, अनिता केसी, सरु लिम्बु र गीता रानाले पाकिस्तानी लिग खेलेर भोलि स्वदेश फर्किने भएकी हुन् । उनीहरु दुबई हुँदै नेपाल आईपुग्ने छन् ।
चारै खेलाडीले मासा युनाईटेडबाट खेलेका थिए । मासा सेमिफाइनल समेत पुगेको थियो ।
तर, पाकिस्तान फुटबल संघमा देखिएको आन्तरिक द्वन्दको कारण लिग रद्द भएपछि उनीहरु स्वदेश फर्किन लागेका हुन् ।
लिगमा एन्जिलाले मासाको कप्तानी गरेकी थिइन् ।









-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)

