थ्री स्टारलाई बागमती गोल्डकपको उपाधि
सोमबार, २३ चैत्र २०७७खेलपाटी संवाददाता

फाइल तस्बिर
काठमाडौं । थ्री स्टार क्लबले चौंथो संस्करणको बागमती गोल्डकप फुटबलको उपाधि जितेको छ ।
सोमबार भएको खेलमा अफ्रिकन रुट एसोसियसनलाई ३-२ गोल अन्तरले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो ।
उपाधिसँगै थ्री स्टारले ८ लाख नगद प्राप्त गरेको छ ।
थ्री स्टारको जितमा मनिस डाँगी, निशान खड्का र रुपेश केसीले एक एक गोल गरे ।
अफ्रिकनका एमफोम र मौसाले एक एक गोल फर्काए ।
यससँगै प्रशिक्षक उज्जन श्रेष्ठको प्रशिक्षणमा थ्री स्टारले पहिलो उपाधि जितेको छ ।














%20(1)-1769779466492.jpeg&w=3840&q=75)

-1769769455928.jpeg&w=3840&q=75)
