काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा आज (आइतबार) दुई खेलहरु हुँदैछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा सामाजिक युवा क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुँदैछ ।
सामाजिक र चर्चबीचको खेल १२:३० बजे सुरु हुनेछ ।
यस्तै दोस्रो खेलमा सानोगौचरण युवा क्लब र झापा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
सानोगौचरण र झापाबीचको खेल दिउसो ३:३० बजे सुरु हुनेछ ।
लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली 'बी' डिभिजनमा बढुवा हुनेछ ।
यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।