पोखरा । पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबलको दोस्रो क्वाटरफाइनलमा खेल आज हुँदैछ ।
पोखरा रंगशालामा हुने दोस्रो क्वाटरफाइनलमा मछिन्द्र फुटबल क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुनेछ ।
मछिन्द्र र अफ्रिकन रुटबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।
सहिद स्मारक 'ए' डिभिजन लिग विजेता मछिन्द्र अफ्रिकन रुटलाई हराएर अन्तिम चारमा पुग्न चाहन्छ ।
मछिन्द्रले हालसम्म आहा रारामा ४ खेल खेलेको छ । जसमा २ जित र २ हार व्यहोरेको छ ।
मछिन्द्र यस वर्ष पहिलो पटक आहा राराको उपाधि जित्न चाहन्छ ।
अफ्रिकन रुटको भने यो डेब्यु खेल हो ।
प्रतियोगितामा एपीएफ क्लब सेमिफाइनलमा पुगिसकेको छ ।
उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई १-० ले हराएर एपीएफ अन्तिम चारमा पुगेको हो ।
प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरी कुल ८ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।