एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले साँघुरो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा इन्टरले बोलोग्नालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
इन्टरको जितमा रोमेलु लुकाकुले निर्णायक गोल गरे ।
लुकाकुले खेलको ३१ औं मिनेटमा गोल गरेका थिए ।

यस जितसँगै इन्टरले २८ खेलमा ६८ अंक जोडेको छ ।
इन्टर दोस्रो स्थानको एसी मिलान भन्दा ८ अंकले अघि रहेको छ ।
बोलोग्ना ३४ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।