मधुवन बीसी
सुर्खेत । सुर्खेतको बीरेन्द्रनगर जारी प्रथम मेयरकप फुटबलमा वडा नम्बर-११ विजयी शुरुवात गरेको छ ।
सुर्खेत रंगशालामा बिहीबार भएको पहिलो खेलमा वडा नम्बर-११ ले वडा नम्बर-२ लाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गरेको हो ।
निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
पेनाल्टी सुटआउटमा ११ नम्बर वडाले ४ गोल गर्दा २ नम्बर वडाले ३ गोल मात्र जाली चुमाउन सक्यो ।
प्रतियोगिताको बिजेताले ३३ हजार ३ सय ३३ रुपैया प्राप्त गर्दा उपविजेता टोलीले २२ हजार २ सय २२ रुपैया पाउने छन् ।