काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा रानीपोखरी कर्नर टिम आरसिटी बराबरीमा रोकिएको छ ।
बिहीबार भएको खेलमा आरसिटीले श्री कुमारी क्लबसँग १-१ गोलको बराबरी खेलेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरुवाती अग्रता जोगाउन नसक्दा आरसिटी बराबरीमा रोकिएको हो ।
खेलको तेस्रो मिनेटमा अजित गुरुङले गोल गर्दै आरसिटीलाई अग्रता दिलाएका थिए ।
तर, खेलको २२ औं मिनेटमा युवराज राईले गोल गर्दै श्री कुमारीलाई १-१ गोलको बराबरीमा फर्काए ।
यस बराबरीसंगै आरसिटीले ९ खेलमा १३ अंक जोडेको छ ।
आरसिटी लिगको पाँचौं स्थानमा रहेको छ ।
श्री कुमारी ९ खेलमा ८ अंक जोडेर नवौं स्थानमा रहेको छ ।