एजेन्सी । एभर्टनका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले प्रिमियर लिगको शीर्ष चारमा रहने सपना भएको बताएका छन् ।
सोमबार राति साउथह्याम्पटनमाथि जित निकालेपछि कार्लो एन्सेलोट्टीले शीर्ष चारको सपना भएको बताएका हुन् ।
उनले यस सिजन टिमलाई उत्कृष्ट मौका भएको समेत बताए ।
‘यो शीर्ष चारमा हुने सपना थियो, हामी निकै नजिक छौ तर यो सिजन लामो छ,’ उनले भने,‘हामीसँग शीर्ष चारका लागि उत्कृष्ट मौका छ र हामी त्यो स्थानलाई छुुन चाहन्छौ ।’
घरेलु मैदानमा एभर्टनले साउथह्याम्पटनलाई १–० गोलले पराजित गरेको थियो ।
जितसँगै एभर्टनले २५ खेलमा ४३ अंक जोडेको छ ।
एभर्टन लिगको सातौं स्थानमा रहेको छ ।
प्रशिक्षक एन्सेलोट्टीले बिहीबारको खेलमा जित निकाल्न सकेमा शीर्ष चारको सम्भावना उच्च हुने समेत बताए ।
‘हामीले बिहीबारको खेलमा त्यो स्थानको लागि हाम्रो सबै प्रयासहरुलाई हाल्नुपर्छ । यो वास्तविक सम्भावना हो,’ उनले भने ।
एभर्टनले बिहीबार वेस्ट ब्रुमसँग खेल्नेछ ।