एजेन्सी । लिभरपुलका लिजेण्ड इयान जोनको ८२ वर्षको उमेरमा निधन भएको छ ।
लिभरपुलले मंगलबार पूर्व स्ट्राइकर इयानको निधन भएको जनाएको छ ।
‘हामी इयान जोनको निधनबाट धेरै दुखित छौँ,’ लिभरपुलले लेखेको छ,’ लिभरपुलले लेखेको छ ।
इयान लिभरपुल क्लबको इतिहासको एक महत्वपूर्ण खेलाडी हुन् ।
इयानले सन् १९६१ देखि ७१ सम्म लिभरपुलबाट खेलेका थिए ।
उनको उत्कृष्ट प्रर्दशनमा क्लबले १९६४ र १९६६ लिग जितेको थियो ।
साथै १९६५ मा एफए कपको उपाधि पनि उचालेको थियो ।
उनले ४ सय २५ खेलमा १ सय १८ गोल गरेका थिए ।