निशानको गोलमा बाँसबारीको सहज जित
मंगलबार, १८ फाल्गुण २०७७खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा बाँसबारी युवा क्लबले सहज जित निकालेको छ ।
मंगलबार भएको खेलमा बाँसबारीले पुल्चोक स्पोर्ट्स क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बाँसबारीलाई जित दिलाउन निशान सुनारले दुबै गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४७ औं मिनेटमा निशानले गोल गर्दै बाँसबारीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ६९ औं मिनेटमा निशानले व्यक्तिगत दोस्रो गोल गर्दै बाँसबारीलाई २-० को जित दिलाए ।
जितसँगै बाँसबारी ८ खेलमा १८ अंक जोडेको छ ।
बाँसबारी लिगको तेस्रो स्थानमा रहेको छ ।
पुल्चोक २ अंक जोडेर पुछारमा रहेको छ ।
यस हारसँगै पुल्चोकको घटुवा हुने सम्भावना बढेको छ ।









-1766108754902.webp&w=3840&q=75)
-1766107820742.webp&w=3840&q=75)

-1766026440435.webp&w=3840&q=75)
