काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसिएसनले पुनरागमन जित निकालेको छ ।
मंगलबार भएको खेलमा मध्यपुरले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा एक गोलले पछि परेपनि मध्यपुरले पुनरागमन गर्दै जित निकालेको हो ।
मध्यपुरको जितमा कैलाश लामिछाने खत्री र धिरज श्रेष्ठले एक एक गोल गरे ।
श्री कुमारीका आशिष राईले एक गोल गरे ।
खेलको ४० औं मिनेटमा आशिषले गोल गर्दै श्री कुमारीलाई अग्रता दिलाएका थिए ।
खेलको ४५ औं मिनेटमा कैलाशले गोल गर्दै मध्यपुरलाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ४८ औं मिनेटमा धिरजले गोल गर्दै मध्यपुरलाई २-१ को जित दिलाए ।
यससँगै मध्यपुरले लिगमा दोस्रो जित आत्मसात गरेको छ ।
जितसँगै मध्यपुरले ८ खेलमा ७ अंक जोडेको छ ।
मध्यपुर लिगको नवौं स्थानमा उक्लिएको छ ।
श्री कुमारी ८ खेलमा ७ अंक जोडेर आठौं स्थानमा रहेको छ ।