एजेन्सी । रियल मड्रिडका पूर्व अध्यक्ष रामोन काल्डेरोनले लिभरपुलका स्ट्राइकर मोहमद सलाहलाई अनुबन्धनका लागि क्लब इच्छुक भएको बताएका छन्।
इजिप्टका स्ट्राइकरलाई अनुबन्धन गर्न इच्छुक भएपनि लिभरपुलले मोटो रकम माग गरेपछि सम्झौता गर्न नसकिएको उनले बताए ।
‘रियल मड्रिड सलाह चाहन्छ तर लिभरपुलले धेरै पैसा मागेको छ र यदि त्यो सम्झौता भएमा धेरै राम्रो हुन्थ्यो,’ उनले भने, ‘उ उत्कष्ट खेलाडी र गोलकर्ता हो । उसले लिभरपुललाई शतप्रतिशत दिएको छ तर मलाई लाग्दैन उनीहरुले उसलाई जान दिन्छन् ।’
सन् २०१८ मा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो इटाली क्लब युभेन्ट्स गएपछि मड्रिड संघर्ष गर्दै आएको छ ।
पूर्व अध्यक्ष काल्डेरोनले क्लबसँग सलाहलाई सम्झौता गर्न आर्थिक रकम नभएको बताए ।
‘सलाह क्षमता भएको एक सम्भावित खेलाडी हो र कुनै क्लबले यस्तो प्रतिभा चाहन्छ तर मलाई लाग्दैन कि रियल मड्रिडसँग सलाहसँग सम्झौता गर्न आर्थिक छ,’ उनले भने ।
२८ वर्षीय सलाहले यस सिजन ३६ खेलमा २४ गोल गरिसकेका छन् ।