एजेन्सी । इटालियन क्लब एसी मिलानका फरवार्ड ज्लाटन इब्राहिमोविच तीन साता मैदान अभिर रहने भएका छन् ।
देब्रे खुट्टाको 'थाइ इन्जुरी' को कारण इब्राहिमोविच तीन साता मैदान बाहिर रहने भएका हुन् ।
चोट बोकेसंगै इब्राहिमोविचले युरोपा लिग अन्तर्गत म्यानचेस्टर युनाईटेडविरुद्धको खेल गुमाउने भएका छन् ।
युरोपा लिगको अन्तिम १६ मा मिलानले युनाईटेडसँग मार्च ११ र १८ मा खेल्दैछ ।
तर, पूर्व क्लबविरुद्ध इब्राहिमोविचले मैदान उत्रने सम्भावना कम देखिएको छ ।
स्विडेनका ३९ वर्षीय इब्राहिमोविच यस सिजन उच्च लयमा थिए ।
उनले यस सिजन २१ खेलमा १९ गोल गरिसकेका थिए ।
इटालियन सिरी 'ए' मा मिलान लिगको दोस्रो स्थानमा रहेको छ ।