एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले साँघुरो जित निकालेको छ ।
सोमबार राति भएको खेलमा एभर्टनले साउथह्याम्पटनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन रिचार्लिसनले निर्णायक गोल गरे ।
रिचार्लिसनले खेलको नवौं मिनेटमा गोल गरेका थिए ।

यस्तै खेलको २६ औं मिनेटमा माइकल किनले गोल गरेका थिए ।
तर, रेफ्रीले उनको गोललाई भीएआरको सहायताबाट अफसाइड दिएका थिए ।
यस जितसँगै एभर्टनले २५ खेलमा ४३ अंक जोडेको छ ।
एभर्टन लिगको सातौं स्थानमा रहेको छ ।
साउथह्याम्पटन २६ खेलमा ३० अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
