एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ ।
सोमबार राति भएको खेलमा रियल मड्रिड रियल सोसिडाडसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा खेलको अन्तिम समयमा भिनिसियस जुनियरले गोल गरेपछि रियल हारबाट जोगिएको हो ।
खेलको ५५ औं मिनेटमा क्रिस्टियन पोर्टुले गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ८९ औं मिनेटमा भिनिसियसले गोल गर्दै खेल १-१ को बराबरी गर्दै रियललाई हारबाट जोगाए ।
भिनिसियसको यो रियलका लागि १२ औं गोल हो । यस्तै उनले यस खेलबाट रियलका लागि १०० औं खेल पूरा गरे ।
यस बराबरीसँगै रियलले २५ खेलमा ५३ अंक जोडेको छ ।
रियलले दोस्रो स्थानमा उक्लने मौका समेत गुमाएको छ ।

रियल लिगको तेस्रो स्थानमा रहेको छ ।
सोसिडाड ४२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
