एजेन्सी । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ आबद्द पन्जाब एफसीले हिरो आईलिग फुटबलमा जित निकालेको छ ।
सोमबार राति भएको खेलमा पन्जाबले नेरोका एफसीलाई १-० गोल अन्तरले हराएको हो ।
पन्जाबको जितमा बाबा डीवाराले निर्णायक गोल गरे ।
डीवाराले खेलको ६५ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
पन्जाबको जितमा किरणले उत्कृष्ट प्रदर्शन गरे । म्यान अफ दि म्याच बनेका उनले टिमको कप्तानी गरेका थिए ।
नेरोकाबाट नेपालका मिडफिल्डर प्रकाश बुढाथोकीले खेलिरहेका छन् ।
जितसंगै पन्जाब लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
पन्जाबले १० खेलमा १८ अंक जोडेको छ ।
नेरोका १० खेलमा ८ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।