सेफिल्डविरुद्ध लिभरपुलको सहज जित
सोमबार, १७ फाल्गुण २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा लिभरपुलले सेफिल्ड युनाईटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
सेफिल्डको मैदानमा लिभरपुलका लागि कुर्टिस जोन्सले एक गोल गरे । सेफिल्डका किन ब्रायनले एक आत्मघाती गोल गरे ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
तर, खेलको ४८ औं मिनेटमा जोन्सले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ६५ औं मिनेटमा ब्रायनले आत्मघाती गोल गर्दा लिभरपुलले २-० को जित निकाल्यो ।
जितसँगै लिभरपुल छैटौं स्थानमा उक्लिएको छ ।
लिभरपुलको २६ खेलमा ४३ अंक रहेको छ ।
सेफिल्ड ११ अंक जोडेर पुछारमा रहेको छ ।







-1766387693977.webp&w=3840&q=75)
-1766372861061.webp&w=3840&q=75)
-1766407401552.jpeg&w=3840&q=75)

-1766372552050.webp&w=3840&q=75)
-1766367982945.webp&w=3840&q=75)