एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा उपाधि दाबेदार आरबी लाइपजिगले पुनरागमन जित निकालेको छ ।
शनिबार राति भएको खेलमा लाइपजिगले उत्कृष्ट पुनरागमन गर्दै बोरुसिया मन्छेनग्लाडबाखमाथि ३-२ गोलको जित निकालेको हो ।
लाइपजिगको मैदानमा छैटौं मिनेटमा जोनास होफ्म्यानको पेनाल्टी गोलबाट मन्छेनग्लाडबाखले अग्रता बनाएको थियो ।
खेलको १९ औं मिनेटमा मार्कुस थुरामले गोल गर्दै मन्छेनग्लाडबाखलाई २-० को अग्रता दिलाए ।
तर, लाइपजिगले उत्कृष्ट पुनरागमन गर्यो ।

खेलको ५७ औं मिनेटमा क्रिस्टोफर एनकुनकुले गोल गर्दै लाइपजिगलाई २-१ को स्थितिमा ल्याए ।
खेलको ६६ औं मिनेटमा युसुफ पाउलसेनले गोल गर्दै लाइपजिगलाई २-२ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा एलेक्जेन्डर सोएर्लोथले गोल गर्दै लाइपजिगलाई ३-२ को जित दिलाए ।
जितसँगै लाइपजिगले शीर्ष स्थानको बायर्नविरुद्ध दबाब कायम राखेको छ ।
लाइपजिगले २३ खेलमा ५० अंक जोडेको छ ।

दोस्रो स्थानको लाइपजिग बायर्न भन्दा २ अंकले पछि रहेको छ ।
मन्छेनग्लाडबाख ३३ अंक जोडेर आठौं स्थानमा रहेको छ ।